कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

गाउँपालिका संक्षिप्त परिचय

कटहरी गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा ग्रामथान गाउँपालिका र दक्षिणमा जहदा गाउँपालिका अवस्थित छ । कटहरी ,भौडाहा र थलाहा मिलेर संयुक्त रुपमा  कटहरी गाउँपालिकाको निर्माण वि.सं  २०७४सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन ।  बिराटनगरबाट कालो पत्रे  सडक (रंगेली रोड) कटहरी गाउँपालिका हुँदै पूर्वमा उर्लाबारी हुँदै पूर्व -पश्चिम राजमार्गमा जोडिएकोले कटहरी गाउँपालिकाका स्थानियवासीहरुलाई यस क्षेत्रका बिभिन्न शहरहरुमा सेवा सुबिधा लिन|दिन सहज भएको छ ।

यस  गाउँपालिकाको कार्यालय कटहरी चौक स्थित (साबिक कटहरी गा० बि ० स भवनमा )  अवस्थित छ । ५१.५९ वर्ग कि० मि० क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं  २०७४  को तथ्यांकनुसार  ३९७७५ रहेको छ ।