कटहरी गाउँपालिकाको आधिकारिक वेबसाईटमा हार्दिक स्वागत छ |

गाउँपालिका संक्षिप्त परिचय

कटहरी गाउँपालिका नेपालको प्रदेश नं १ को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका ,उत्तरमा ग्रामथान गाउँपालिका र दक्षिणमा जहदा गाउँपालिका अवस्थित छ । कटहरी ,भौडाहा र थलाहा मिलेर संयुक्त रुपमा  कटहरी गाउँपालिकाको निर्माण वि.सं  २०७४ सालमा भएको हो ।यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । बिराटनगरबाट कालो पत्रे  सडक (रंगेली रोड) कटहरी गाउँपालिका हुँदै पूर्वमा उर्लाबारी हुँदै पूर्व -पश्चिम राजमार्गमा जोडिएकोले कटहरी गाउँपालिकाका स्थानियवासीहरुलाई यस क्षेत्रका बिभिन्न शहरहरुमा सेवा सुबिधा लिन|दिन सहज भएको छ ।

विस्तृत विवरण

कटहरी गाउँपालिकाको विस्तृत विवरण

क्र.सं.

नयाँ वडा

समावेश गाविस / नगरपालिका

जनसंख्या

क्षेत्रफल(वर्ग कि.मी.)

कटहरी(२,३)

५२००

५.७५

कटहरी(१,५)

६८६७

५.७१

कटहरी(४,६)

५००६

३.७९

कटहरी(७-९)

७३२२

७.३१

भौडाहा(१-४,९)

३८१५

६.४१

भौडाहा (५-८) र थलाहा(५¸६¸८¸९)

६९६०

११.८९

थलाहा(१-४,७)

४६०५

१०.७३

 

 

जम्मा

३९७७५

५१.५९